चुनाव अघि नै नागरिकता विधेयक – Kanika Khabar
Friday, April 19Nepali News Portal

चुनाव अघि नै नागरिकता विधेयक

    मा प्रकाशित

असार ९, काठमाडौँ ।
सरकारले जारी संसदबाटै नागरिकता विधेयक अघि बढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउने प्रस्ताव गर्नुभएको थियो ।

बैठकपछि काँग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले, सत्ता गठबन्धनमा निर्णय भइसकेकोले केही प्रक्रियाहरू पुरा गरेर विधेयक चाँडै सदनमा पेस गर्ने बताउनुभयो । नागरिकता विधेयक अघि नबढ्दा समस्या उत्पन्न भएको भन्दै यसलाइ अगाडी बढाउन चौतर्फी दवाव भइरहेको छ ।

आमा, बुवा नागरिक तर उनका सन्तान नागरिकताविहीन भएको अवस्था अन्त्य गर्न यसको अग्रसरताका लागि संसद्मा लैजाने निर्णय भएको प्रवक्ता कार्कीको भनाइ छ । यस्तै, हिजोकोे बैठकले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने निर्णय पनि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्