मन्त्री हेरफेरको निर्णय कार्यान्वयनमा एकीकृत समाजवादीको जोड – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मन्त्री हेरफेरको निर्णय कार्यान्वयनमा एकीकृत समाजवादीको जोड

    मा प्रकाशित

असार ९, काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले पार्टीको सिफारिस अनुसार मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन गर्नसरकारलाई दवाव दिने भएको छ । हिजो र आज बसेको पार्टीको सचिवालय बैठकले यसअघि सरकारमा जाने मन्त्रीको बारेमा गरेको निर्णय कार्यान्वयनमा जोड दिने निर्णय गरेको हो ।

बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब केहीघण्टामा मन्त्रीहरु हेरफेर गर्नेतर्फ पार्टी लागिरहेको बताउनुभयो । पार्टीले भोलि पोलिटब्यूरो र पर्सि केन्द्रीय कमिटी तथा आउँदो सोमवार र मङ्गलवार केन्द्रीय परिषद्को बोलाएको पनि उहाँले जानकारी दिनुभयो ।

 

बैठकमा स्थानीय चुनाव र सरकारको समीक्षा तथा गठबन्धन र आगामी चुनावबारे छलफल हुने जनाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्