एमालेको निर्णय : मूल्य वृद्धिविरुद्ध जनवर्गीय सङ्गठनलाई सडक आन्दोलनमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

एमालेको निर्णय : मूल्य वृद्धिविरुद्ध जनवर्गीय सङ्गठनलाई सडक आन्दोलनमा

    मा प्रकाशित

असार ९, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले मूल्य वृद्धिविरुद्ध आफ्ना जनवर्गीय सङ्गठनहरूलाई सडक आन्दोलनमा उतार्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज जनवर्गीय सङ्गठनका अध्यक्षहरूसँग छलफल गर्दै एमालेले पेट्रोलियम पदार्थसहित खाद्यान्नलगायतको मूल्यवृद्धि, मल र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै सडकमा उतार्ने निर्णय गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार छाडेको एक वर्षभित्र मूल्यवृद्धि तीन सय प्रतिशतसम्म पुगेको भन्दै आम नागरिकलाई जीवन धान्न मुस्किल भएकोले त्यसविरुद्ध सडक आन्दोलनमा जानुको विकल्प नरहेको बताउनुभयो ।

बैठकमा एमालेका २२ वटा जनसङ्गठनका प्रमुखको उपस्थिति थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्