पाठ्यपुस्तक अभाव : समस्या समाधान हुन कम्तिमा एक हप्ता – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

पाठ्यपुस्तक अभाव : समस्या समाधान हुन कम्तिमा एक हप्ता

    मा प्रकाशित

असार १०, काठमाडौँ ।
मुलुकभरमा देखिएको पाठ्यपुस्तक अभावको समस्या समाधान हुन अझैँ कम्तिमा एक हप्ता समय लाग्ने भएको छ ।

एक महिनाभित्रै पाठ्यपुस्तक अभावको समस्या समाधान गर्न संसदीय समितिले दिएको समयावधि सकिन केही दिन मात्रै बाँकी रहँदा जनक शिक्षा सामग्री केन्द्रले ९५ प्रतिशत पाठ्यपुस्तक छाप्ने काम सकिएको बताएको हो ।

अझैँ १० लाख पुस्तक छाप्न बाँकी रहेको र यो एक साताभित्र छापिसक्ने केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले बताउनुभयो ।

असारको १५ सम्म विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याइएसक्ने लक्ष्य जनक शिक्षा सामग्री केन्द्रले लिएको छ । सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्