तुलसीपुरमा हाजिरीजवाफ कार्यक्रम – Kanika Khabar
Friday, April 19Nepali News Portal

तुलसीपुरमा हाजिरीजवाफ कार्यक्रम

    मा प्रकाशित

असार ११, दाङ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तुलसीपुर नगर समितिको आयोजनामा हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । हाजिरीजवाफ कार्यक्रममा गोरखा मा. वि. तुलसीपुरका बिद्यार्थी बिकास बस्नेत, प्रतीक्षा पुरी र धनराज के. सीको समूह प्रथम भएको छ। त्यस्तै आइडियल इङलिस स्कुल तुलसीपुरका बिद्यार्थी प्रीति गुरुङ, एलिशा जिएम र आधार गौतम द्वितीय, मेरिगोल्ड इङलिस स्कुल श्रीगैका बसन्त वली, आदित्य खनाल र सलिना चौधरीको समूह तृतीय भएका छन् ।

तुलसी आबासीय मावि तुलसीपुरका एलिना वली, नियति चन्द र अपेक्षा भुसालको समूह अमर इङलिस स्कुलका रबि पोख्रेल, समीर नेपाली र मौसमी रोका मगरको समूहले सान्त्वना स्थान हासिल गरेका छन् ।

तुलसीपुर नगर प्याब्सनका अध्यक्ष गिरिराज डाँगीको अध्यक्षता एबम प्याब्सन लुम्बिनी प्रदेशका सदस्य बासुदेव रिजालको प्रमुख आतिथ्यता एबम शिक्षा महाशाखा तुलसीपुरका शाखा अधिकृत मनबहादुर खड्काको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा शिक्षा महाशाखा तुलसीपुरका शाखा अधिकृत एबम बिशिस्ट अतिथि मन बहादुर खड्का, प्याब्सन दाङका सदस्य बिश्वमणि देवकोटा, कार्यक्रममा गोरखा मावि तुलसीपुरका निमावि तहका कोअर्डिनेटर पुर्ण बिक्रम डाँगी लगायतले मन्तव्य राखेका थिए। प्याब्सन तुलसीपुरका उपाध्यक्ष डम्बर डाङीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव बिष्णु योगीले गरेका थिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्