घाेराही नगर प्याब्सनकाे आयाेजनामा हाजिरीजवाफ – Kanika Khabar
Friday, April 19Nepali News Portal

घाेराही नगर प्याब्सनकाे आयाेजनामा हाजिरीजवाफ

    मा प्रकाशित

असार ११, दाङ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगरकाे आयाेजनामा आधारभूत तह स्तरीय हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएकाे छ ।

आज शनिबार दाङकाे घाेराहीमा हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा माउन्ट भ्यु इङलिस बाेर्डिङ स्कुलका सिद्धान्त अधिकारी, सलिना पाैडेल र संज्ञान अधिकारीकाे समूह प्रथम भएका थिए ।
गुरूकुल एकेडेमीका शुभेच्छा पाण्डे , अभिनव याेगी, अर्नभ जिएमकाे समूह द्वितीय र गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका गरिमा गुरूङ, आयुष देवकाेटा र अंकित पाण्डेकाे समूह तृतीय भएका थिए ।

कार्यक्रममा घाेराही नगर प्याब्सन अन्तर्गतका ३५ विद्यालय सहभागी थिए । कार्यक्रम दुई चरणमा सम्पन्न भएकाे हाे । पहिलाे चरणबाट ९ वटा विद्यालय छनाैट भएका थिए । ज्ञानज्याेति एजुकेसनल एकेडेमी, शान्ति निकेतन, दीपशिखा आवासीय मावि, ग्रेट बुद्ध एकेडेमी, माउन्ट भ्यु इङलिस बाेर्डिङ स्कुल, गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल, सिद्धार्थ एकेडेमी, गुरूकुल एकेडेमी र जनज्योति विद्याश्रम पहिलाे चरणमा छनाैट भएका थिए ।

क्विज कार्यक्रमकाे सञ्चालन घाेराही नगर प्याब्सनका सदस्य पदम गिरी, मेचीकाली आवासीय माविका शिक्षक एकराज यादव र ज्ञानज्याेति एजुकेसनल एकेडेमीका शिक्षक राजेन्द्र चन्दले गरेका थिए ।

नगर प्याब्सनका अध्यक्ष बीरेेन्द्र चन्दकाे अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । उपाध्यक्ष सूर्यबहादुर रावतकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्