नेसंविमा तालाबन्दी : नेविसंघ दाङकाे एक्यवद्धता – Kanika Khabar
Thursday, March 28Nepali News Portal

नेसंविमा तालाबन्दी : नेविसंघ दाङकाे एक्यवद्धता

    मा प्रकाशित

असार १३, दाङ ।     नेपाल संस्कृत बिश्व विद्यालयमा नेपाल बिद्यार्थीसंघ केन्द्रीय समितिले गरेको आन्दोलनप्रति जिल्ला कार्य समिति दाङले एक्यवद्धता  जनााएको छ । नेविसंघ केन्द्रीय समितिले केहि दिन अघिदेखि बिभिन्न माग राखेर विश्वविद्यालयमा तालाबन्दी गरेको छ । जिल्ला कार्य समितिले एक बिज्ञप्ती जारी गर्दै उक्त तालाबन्दी प्रति एक्यवद्धता  रहेको जनाएको छ ।                                          नेविसंघ दाङका कार्यबाहक अध्यक्ष टोपबहादुर बुढाथोकीले जारी गरेको बिज्ञप्तीमा जिल्ला कार्य समितिको पनि उक्त आन्दोलन प्रति ऐकेवद्धता रहेको जनाउँदै बलजफ्ती ताला खोल्ने प्रयास नगर्न चेतावनी दिईएको छ । विश्व विद्यालयमा लगार्ईएको ताला जवरजस्ती खोल्ने प्रयास थालिएको सुन्नमा आएको भन्दै नेविसंघ दाङले बलजफ्ती ताला खोल्दा नेविसंघ प्रतिकारमा उत्रने र त्यसबाट हुने क्षेतीको सम्पूर्ण जिम्मा विश्व विद्यालयलेनै लिनु पर्ने समेत चेतावनी दिईएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्