राप्ती आवासीयमा जुनियर रेडक्रस सर्कल गठन – Kanika Khabar
Thursday, March 28Nepali News Portal

राप्ती आवासीयमा जुनियर रेडक्रस सर्कल गठन

    मा प्रकाशित

असार १३, दाङ ।

दाङकाे घाेराहीस्थित राप्ती आवासीय माविमा जुनियर रेडक्रस सर्कल गठन भएकाे छ । आज साेमबार एक कार्यक्रमका बिच सर्कल गठन गरिएकाे हाे ।
विद्यालयका प्रिन्सिपल टाेपबहादुर वलीकाे संरक्षकत्व तथा शिक्षक नायक प्रकाश डाँगी र सह नायक दीपा कुमारी बुढाकाे संलग्नता रहने गरी ११ सदस्यीय सर्कल गठन गरिएकाे हाे ।

सर्कलकाे अध्यक्षमा जानकी रावत चयन भएकी छिन् । त्यस्तै उपाध्यक्ष नितेश थापा, सचिवमा लक्ष्मी रेउले, काेषाध्यक्षमा प्रकाश डाँगी, सह-सचिवमा सम्मान शाही, सह-कोषाध्यक्षमा मोनिका बुढा चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा प्रिया राेका, सन्देश पुन, बादल पाण्डे, बलबहादुर जि.सी र तेजेन्द्र विष्ट रहेका छन् ।

विद्यालया व्यवस्थापन समितिका सल्लाहकार दामोदर गिरी, अमरबहादुर गिरी, अध्यक्ष राजेन्द्र गाैतम शिक्षक प्रकाश वली लगायतले मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र गाैतमकाे अध्यक्षता तथा रेडक्रस घाेराही उपशाखाका सभापति थम्मन चाैधरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रमकाे सहजीकरण विद्यालयका शैक्षिक काेअर्डिनेटर भीमबहादुर एमसीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्