महिला हिंसा न्यूनीकरणका लागि सरोकारवालाहरुको भुमिका विषयक ३ दिने तालिम – Kanika Khabar
Thursday, April 25Nepali News Portal

महिला हिंसा न्यूनीकरणका लागि सरोकारवालाहरुको भुमिका विषयक ३ दिने तालिम

    मा प्रकाशित

असार १३, दाङ ।   महिला हिंसा न्यूनीकरणका लागि सरोकारवालाहरुको भुमिका विषयक ३ दिने तालिमको आज बबईमा उद्द्घाटन गरिएको छ । बबई गाउँपालिकाको आर्थिक सहयोग तथा दलित सेवासंघ दाङको आयोजनामा हुनलागेको तालिम उद्घाटन सत्रमा बोल्दै बबई गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिती कुलबहादिर केसिले हिंसा कार्य भन्दा प्रतिकार्य भयको बताउदै प्रतिसोध उत्पन्न हुदा हिंसा हुने बताउनु भयो । साथै केसिले लैङ्गकि जातिय, वर्गीय ,भेदभावले हिंसा निम्त्याएको भन्दै संसार बदल्ने अभियानमा लागेका हामीले पहिले आफुलाई बदल्नु पर्ने बताउनु भयो । तेस्तै कार्यक्रममा बोल्दै बबई गाउपालिकाका उपाध्यक्ष बमकुमारी खड्काले महिला हिंसा न्यनिकरणको लागि आफै बाट शुरुआत गर्नु पर्ने बताउदै कहि कतै महिला आफै चुकेको कारण पनि हिंसा बढिरहेको बताउनु भयो । दलित सेवा संघ दाङका सचिब सन्तोष चनाराको अध्यक्षता तथा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसिको प्रमुख अथित्याता एम बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्काको बिशिस्ट आथित्यतामा कार्यक्रम उद्घाटन भएको हो । कार्यक्रमको बारेमा बबई गाउँ पालिका महिलाबालबालिका शाखा प्रमुख ईश्वरा रावतले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दाङका देवि प्याकुरेल , मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिब निर्मल नेपाली लगाएतले बोल्नु भएको थियो । कार्यक्रम २० जना महिला महिला जनप्रतिनिधि तथा सरोकारवालाको सहभागीता रहेको छ । तालिम ३ दिन सम्म चल्ने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्