पेट्रोल छर्किएर आगो लगाउन खोज्दा श्रीमती जलेर घाइते – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पेट्रोल छर्किएर आगो लगाउन खोज्दा श्रीमती जलेर घाइते

    मा प्रकाशित

दाङ, १४ असार ।

दाङको तुलसीपुरका एक व्यक्तिले पेट्रोल छर्किएर घरमा आगो लगाउन खोज्दा उनकी श्रीमती जलेर घाइते भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा निवासी उज्ज्वल श्रेष्ठले घरमा पेट्रोल छर्केर आफू पनि मर्ने र घरमा पनि आगो लगाएर ध्वस्त पार्न खोजेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मंगलबार दिउसो १२ बजेतिर श्रेष्ठले घरमा आगो लगाउन खाजेको बताएका छन् ।

घरमा आलो लगाउन खोज्दा उनकी श्रीमती २८ बर्षीया माया श्रेष्ठ घाएते भएकी छिन् । श्रेष्ठको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । श्रीमती श्रेष्ठको हात, खुट्टामा जलेको छ । श्रीमतीसंग पटक–पटक विवाद भएकाले आफू तनाबमा भएको भन्दै घरमा आगो लगाउन खोजेको र आफू पनि आत्महत्या गर्न खोजेको प्रहरी समक्ष श्रेष्ठले बयान दिएका छन् ।

उनले श्रीमतीले आफुलाई पटक–पटक मानसिक तनाब दिएको बयान दिएका छन् । उनले आफूलाई पेट्रोल छर्किएर मार्न खोज्दा घरमा पनि आगो लागेको बताएकी छिन् । आगलागी हुँदा कोठामा रहेका दराज, कपडा, टिभिलगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । उज्जवल पटक पटक प्रहरीको थुनामा बस्दै आएका व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्