कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै : आज पनि ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै : आज पनि ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    मा प्रकाशित

असार १४, दाङ ।
केही दिन यता नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेको छ । १५ दिन अघिसम्म २० देखि ३० जनाको हाराहारीमा मात्रै कोरोनाका सङ्क्रमित भेटिने गरेकोमा हिजो आज त्यसको सङ्ख्या ४० भन्दामाथि पुगेको छ

 

। आज पनि ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७ सय ९८ जनामा परीक्षण गर्दा पिसिआर विधिबाट ३८ तथा एन्टिजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँका १७ जना रहेका छन् भने ललितपुरका ६ जना रहेका छन् । यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । हाल देशभर २ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १ लाख ३६ हजार ९ सय ९६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्