आज १९ औँ राष्ट्रिय धान दिवस – Kanika Khabar
Thursday, March 28Nepali News Portal

आज १९ औँ राष्ट्रिय धान दिवस

    मा प्रकाशित

असार १५, दाङ ।
आज १९ औँ राष्ट्रिय धान दिवस, नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाउन लागिएको धान दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक महत्वसँग धान खेतीको सम्बन्ध रहेको बताउनुभएको छ ।

सिँचाइ सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार, न्यूनतम मूल्यको कार्यान्वयन, बाली बीमा प्रवद्धनलगायतका विषयमा सरकारले काम गर्दै आएको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

असार १५ अर्थात आजका दिनलाई नेपाली समाजमा दहीचिउरा खाने पर्वको रूपमा पनि मनाइन्छ । कामको चटारोले किसान थकित भएका बेलामा दहीचिउरा खाए शक्ति प्राप्त हुने विश्वास छ ।

२०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी नेपालमा २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
यसैबीच धान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्