देशैभरी वर्षा, तराईका जिल्ला डुवानमा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

देशैभरी वर्षा, तराईका जिल्ला डुवानमा

    मा प्रकाशित

असार १५, काठमाडौँ ।
हिजो बिहानैदेखि भएको वर्षाका कारण मोरङको जनजीवन प्रभावित भएको छ ।झापाको १ सय ९४ घरपरिवारका ८ सय ५४ जना बाढी र डुवानका कारण विस्थापित भएका छन् ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जिल्लाको गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, बाह्रदशी गाउँपालिका र कमल गाउँपालिका बढी प्रभावित बनेको बताउनुभयो । उहाँले बाह्रदशी गाउँपालिकामा बाढीका कारण सुकुम्बासी बस्तीमा बाढी पस्दा जनजीवन प्रभावित बनेको पनि बताउनुभयो ।

बाढी र डुबानका कारण प्रभावित बनेका सबैलाई सुरक्षित स्थानमा राखिएको र सबैलाई सतर्कता अपनाउन उहाँले आग्रह समेत गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्