मोरङमा बाढीमा परी एक जनाको मृत्यु, तीन हजारभन्दा बढी परिवार विस्थापित – Kanika Khabar
Thursday, April 18Nepali News Portal

मोरङमा बाढीमा परी एक जनाको मृत्यु, तीन हजारभन्दा बढी परिवार विस्थापित

    मा प्रकाशित

अमर खड्का
असार १५, सुनसरी ।
लगातार परेको वर्षाका कारण खोलामा आएको बाढीमा परी मोरङको सुन्दर हरैचामा एक जनाको मृत्युु भएको छ। सुन्दरहैचा वडा नं. ६ गछिया खोलाले बगाएर सोही ठाँउका ५८ वर्षका रामबहादुर बिकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

 

वर्षाका कारण विराटनगर महानगरपालिका सहित मोरङका ३२ सय परिवार विस्थापित भएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो । विराटनगरका पूर्वी क्षेत्र भएर बग्ने सिंघिया खोला र पश्चिमी क्षेत्र भएर बग्ने केशलिया खोलाको पानी पसेर १,२,३,४,६,८,११,१२, १६ र १९ वडाका एक हजार पाँच सयभन्दा बढी परिवार डुवानमा परेका छन् ।उनिहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्