रुसलाई संयुक्त राष्ट्रसङ्घबाट निष्कासन गर्न युक्रेनको माग – Kanika Khabar
Saturday, April 20Nepali News Portal

रुसलाई संयुक्त राष्ट्रसङ्घबाट निष्कासन गर्न युक्रेनको माग

    मा प्रकाशित

एजेन्सी ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलेरुसलाई संयुक्त राष्ट्रसङ्घबाट निष्कासन गर्न माग गर्नुभएको छ । युक्रेनमाथी रुसको आक्रमणलाई ‘आतङ्कवादी गतिविधि’ भन्दै उहाँले राष्ट्रसङ्घबाट निष्कासन गर्न आग्रह गर्नुभएको हो ।

 

उक्त गतिविधि अन्य युरोपेली देशहरू र एसियामा फैलनु अघि रोक्न उहाँले आग्रह गर्नुभयो ।संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेनी भूमिमा रूसी कब्जा प्रयासबारे अनुसन्धान गर्न पनि आग्रह गर्नुभयो ।

 

देशलाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय न्यायाधिकरण स्थापना गर्नुपर्ने उहाँको माग छ । रुसलाई तत्काल रोक्न नसकिए बाल्टिक राज्यहरू र पोल्याण्डलाई अलग गर्दै अन्य देशहरूमा फैलिने जेलेन्स्कीको चेतावनी छ । रुस र युक्रेनबिच एक सय २६ दिनदेखी युद्ध चलिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्