धान दिवसकाे अवसरमा राजविद्याका विद्यार्थीहरूले धान राेपे (फाेटाे फिचर) – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

धान दिवसकाे अवसरमा राजविद्याका विद्यार्थीहरूले धान राेपे (फाेटाे फिचर)

    मा प्रकाशित

असार १५, दाङ ।

आज १९ औँ राष्ट्रिय धान दिवस, नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाउन लागिएको धान दिवसको अवसरमा दाङकाे घाेराहीस्थित राजविद्या पाठशालाका विद्यार्थीहरूले धान राेपेका छन् ।

विद्यालयले शिक्षासँगै संस्कार र संस्कृतिलाई समेत प्राथमिकता राखेर विद्यार्थीलाई विभिन्न क्रियाकलापमा सहभागी बनाउँदै आएकाे छ ।

विद्यार्थीलाई संस्कार जरूरी रहेकाेले नेपाली संस्कार र संस्कृतिमा विद्यार्थीहरूलाई सहभागी गराउँदै आएकाे प्रिन्सिपल टिकाजंग बिकेले बताए ।

विद्यार्थीलाई कृषिकाे महत्त्व बुझाउनलाई पनि आजकाे दिन राष्ट्रिय धान दिवस परेकाेले विशेष दिनकाे अवसर पारेर धान राेप्न लगाएकाे प्रिन्सिपल बिकेले बताए ।

धान राेपाइमा विद्यार्थी तथा शिक्षक शिक्षिकाकाे सहभागिता रहेकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्