मौसम अपडेट : देशका विभिन्न ठाउँमा पानी पर्ने, बाढी, डुबान र पहिरोको जोखिम – Kanika Khabar
Thursday, March 28Nepali News Portal

मौसम अपडेट : देशका विभिन्न ठाउँमा पानी पर्ने, बाढी, डुबान र पहिरोको जोखिम

    मा प्रकाशित

असार १६, दाङ ।
मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबान हुने क्रम बढेको छ । आज पनि देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले सचेत हुन आग्रह गरेका छन् ।

यस्तै आज भारतको तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्यामसाइटमा ढोका खोल्ने भएकाले महामाली नदी आसपासका बासिन्दालाई पूर्व सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले सूचना जारी गर्दै सतर्क हुन अनुरोध गर्नुभएको हो । बाढी, पहिरो र डुबान हुन थालेसँगै विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्