खाद्य अधिकार संजाल दाङद्वारा समयमै मल, उपलब्ध गराउन अनुरोध – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

खाद्य अधिकार संजाल दाङद्वारा समयमै मल, उपलब्ध गराउन अनुरोध

    मा प्रकाशित

घोराही, १६ असार । खाद्य अधिकार संजाल दाङले किसानहरुलाई समयमै मल, विउविजन उपलब्ध गराउन अनुरोध गरेको छ ।

मलविना किसानहरुले रोपाइ गरेको भन्ने समाचारले संजालको गम्भिर ध्यानाकर्षण भएको जनाउदै संजालले विहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै किसानलाइ यथासिघ्र समयमा मल, विउविजन उपलब्ध गराई सहजता बनाउन सम्वन्धित निकायसँग अनुराध गरेको हो ।

खाद्य अधिकार संजाल दाङका महासचिव मौसम आचार्य र सचिव सन्तोष दहितले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, मानो रोपेर मुरी फलाउने समयमा समेत किसानले मल पाउन नसक्नु दुखको कुरा भन्दै किसानलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन सम्वन्धित निकायलाई अनुरोध गरेको छ ।

यसैगरी किसानहरुले लामो समयदेखि भोग्दै आएको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकारसंग विज्ञप्ती मार्फत माग गरिएको छ । त्यस्तै खाद्यान्न बस्तुमा मिसावट भएका जस्ता जनगुनासाहरु आएकोले त्यस विषयमा अनुसन्धान र अनुगमनको लागि सम्वन्धित निकायलाई विज्ञप्ती मामर्फत आग्रह समेत गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्