पाँच वर्षपछि आफ्नै काममा फर्किए जिसस प्रमुख नेपाली – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

पाँच वर्षपछि आफ्नै काममा फर्किए जिसस प्रमुख नेपाली

    मा प्रकाशित

असार १६, दाङ ।

पाँच वर्ष जनप्रतिनिधिकाे भूमिका पूरा गरेर दाङ जिल्लाका जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख जितेन्द्रमान नेपाली आफ्नै काममा फर्किएका छन् ।

आज बिहीबार निवर्तमान प्रमुख नेपालीले सामाजिक सञ्जाल फेसबुकमा काम गर्दै गरेकाे एक तस्बिर पाेस्ट गर्दै आफ्नै पुरानाे व्यवसायमा फर्किएकाे बताएका हुन् । `पाँच बर्षपछि पुनः आफ्नो व्यवसायमा फर्केको छु, सेवा गर्ने अवसर दिनुहुन सबै महानुभावमा हार्दिक अनुरोध छ।´ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
नेपालीले बिगत लामाे समयदेखि दाङकाे घाेराहीमा कपडा सिलाइ व्यवसाय सञ्चालन गर्दै आएका छन् । जिससमा नयाँ प्रमुख नियुक्त भएसँगै नेपाली पुरानाे व्यवसायमा फर्किएका हुन् ।

नेपाली २०७४ सालमा नेकपा एमालेका तर्फबाट जिसस दाङकाे प्रमुख भएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्