बढ्दै कोरोना सङ्क्रमण दर, निको हुनेको सङ्ख्या स्थिर – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

बढ्दै कोरोना सङ्क्रमण दर, निको हुनेको सङ्ख्या स्थिर

    मा प्रकाशित

असार १६, दाङ ।
देशभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या फेरि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुसार गत २४ घन्टामा ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यसअघि हिजो मात्रै देशभर ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । आज २ हजार ६ सय ९८ कोरोना परीक्षण गरिएको छ । जसमा आरटी पिसिआर विधिबाट १ हजार ५ सय ३२ कोरोना परीक्षण गर्दा ३६ जना र १ हजार १ सय ६६ एन्टिजेन विधिबाट परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये थप १७ जना स्वस्थ भएका छन् भने कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

हालसम्म देशभर कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६७ हजार ४ सय ६२ पुगेको छ भने गत २४ घन्टामा देशभर ३ लाख १६ हजार ४ सय ७७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ८० रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्