आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशको बजेट बहुमतले पारित – Kanika Khabar
Thursday, March 28Nepali News Portal

आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशको बजेट बहुमतले पारित

    मा प्रकाशित

असार १६, हेटौडा ।
आगामी आर्थिक वर्ष २०७९/८० का बागमती प्रदेश सरकारले प्रदेशसभाबाट बहुमतले बजेट पारित गरेको छ । आज बसेको प्रदेशसभा बैठकले असार १ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो ।

 

बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गर्नुभएको अर्थ सम्बन्धीको प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको थियो ।

 

बजेटको पक्षमा सत्तारुढ गठबन्धनका सांसदहरू उभिएका थिए । गठबन्धन हाल प्रदेशसभामा रहेका १ सय ७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसँग ५९ सदस्य छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षकोभन्दा १३ अर्ब रुपैयाँले बढी हो ।
यसैबीच,सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथिको छलफलका लागि आज बोलाएको बैठक स्थगित भएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्ता पक्षकै सांसदहरूले आक्रोश व्यक्त गरेपछि प्रदेशसभाको बैठक अनिश्चितकालसम्मको लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।

यस्तै, मधेस प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९÷८० को बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक बोलाइएको छ ।प्रदेशसभा सचिवालयले असार २० गते दिउँसो १ बजेका लागि बैठक बोलाएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्