मेचीकाली पिस क्लबद्वारा सहयोग – Kanika Khabar
Thursday, March 28Nepali News Portal

मेचीकाली पिस क्लबद्वारा सहयोग

    मा प्रकाशित

असार १७, दाङ ।

मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलमा गठित पिस क्लबले सहयाेग हस्तान्तरण गरेकाे छ ।

क्लबले घोराही -१५ काठेकोल निवासी महोबिर रोकालाई खाद्यान्न (चामल दाल तेल नुन साबुन लागयतका अत्यावश्यक सामान) सहयोग गरेको हाे ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले मासिक रुपमा उठाएको लेवीबाट उक्त सहयोग प्रदान गरिएकाे हाे ।

पिस क्लबकाे अध्यक्ष सुस्मिता चाैधरीकाे अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्म बहादुर के.सीकाे प्रमुख आतिथ्यतामा सहयाेग कार्यक्रम सम्पन्न भएकाे हाे ।
प्रिन्सिपल चक्र बहादुर रावतकाे विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे सहजीकरण क्लबका सचिव जीवन चौधरीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्