क्यानडामा २७८ जनामा मंकीपक्स सङ्क्रमण पुष्टी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

क्यानडामा २७८ जनामा मंकीपक्स सङ्क्रमण पुष्टी

    मा प्रकाशित

असार १८, दाङ ।
क्यानडामा २७८ जनामा मंकीपक्स सङ्क्रमण भएको पुष्टी भएको छ । क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले आजसम्म देशमा कुल २७८ जनामा मंकीपक्सबाट सङ्क्रमित भएको पुष्टि भएको बताउनु भएको छ ।

 

ब्रिटिस कोलम्बियाका ४, अल्बर्टाबाट ५, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमण दर्ता भएको वरिष्ठ चिकित्सक ट्यामले जानकारी दिनुभएको छ । ट्यामका अनुसार अधिकाङ्श सङ्क्रमितहरू २० देखी ६९ उमेर समूह भित्रका छन् । तर सङ्क्रमण भने जुन कुनै लिङ्ग, उमेर समूको व्यक्ति पनि सहजै संक्रमित हुनसक्ने उहाले बताउनुभयो ।

 

पछिल्लो समय यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा पाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्