जिल्लास्तरीय कराते प्रतियोगिता हुने – Kanika Khabar
Wednesday, August 17Nepali News Portal

जिल्लास्तरीय कराते प्रतियोगिता हुने

    मा प्रकाशित

लक्ष्मण बस्नेत
१८ असार दाङ ।
दाङ देउखुरीको लालमटियामा जिल्ला स्तरिय खुला कराते प्रतियोगिता २०७९ हुने भएको छ ।नेपाल सितोरियो कराते देउखुरी डोजोको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगिता यहि असार २१ गते देखि सुरु हुनेछ ।

दुईदिन सम्म संचालन हुने प्रतियोगिताको कुमुते पुरुष तर्फ ३०,३५,४०,४५,५०,५५ र ६० केजि तौल समुह र कुमुते महिला तर्फ ३०,३५,४०,४५,५० र ५५ केजि तौल समुहमा कडा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिला पुरुष एकल कातामा कडा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रशिक्षक याम बहादुर वाग्ले ले जानकारी दिनु भएकोछ ।

जिल्लाका दश पालिका भित्र स्थापित डोजोका खेलाडिहरुको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने डोजो लाई पुरस्कार स्वरुप शिल्ड,कुमुते र कातामा उत्कृष्ट हुने खेलाडिलाई ट्रफी तथा प्रथम, द्वितिय र तृतीय स्थान हात पार्ने खेलाडी लाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्