२० वर्ष मुनिका फुटबल टोलीको व्यवस्थापकमा दिवाकर घले नियुक्त – Kanika Khabar
Friday, April 19Nepali News Portal

२० वर्ष मुनिका फुटबल टोलीको व्यवस्थापकमा दिवाकर घले नियुक्त

    मा प्रकाशित

असार १८, दाङ ।
२० वर्ष मुनीका फुटबल टोलीको व्यवस्थापकमा दिवाकर घले नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज उहाँलाई टिम व्यवस्थापकको रुपमा नियुक्त गरिएको जनाएको छ ।

 

टिम व्यवस्थापकको रुपमानियुक्त घले महाबिर क्लबका अध्यक्ष हुनुहुन्छ । एन्फाले साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोटका लागि घलेलाई नियुक्त गरेको हो ।साफ यू–२० च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्