दाङको तुलसीपुरमा एक लाख सहित जुवाडे पक्राउ – Kanika Khabar
Friday, April 19Nepali News Portal

दाङको तुलसीपुरमा एक लाख सहित जुवाडे पक्राउ

    मा प्रकाशित

तुलसीपुर, १८ असार ।

दाङको तुलसीपुरमा एकलाख सहित जुवाडे पक्राउ परेका छन् ।  ईलाका प्रहरी कार्यालय तुलसीपुरले एक लाख नगद सहित ७ जनालाई जुवाको खालबाट पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलिले तुलसीपुरको बसपार्कमा रहेको रातामाटा होटलबाट १ लाख २ हजार ३ सय ६० रुपैया सहित ७ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्याम अर्यालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सल्यानको त्रिबेणी गाउँपालिका – १ घर भई हाल बबई गाउँपालकिा–१ निबासी ४१ बर्षका टोप बहादुर बोहरा, सल्यानको शारदा नगरपालिका – १० पैयाखर्क घरभई हाल तुलसिपुर उपमहानगरपालिका – ५ बसपार्क बस्ने बर्ष ४१ का गुण बहादुर चलाउने, शारदा नगरपालिका – १० पैयाखर्क बस्ने बर्ष २६ का जित बहादुर चलाउने, सल्यानकै त्रिबेणी गाउँपालिका –१ बस्ने बर्ष ३७ को धर्मराज थापा, शारदा नगरपालिका – १० पैयाखर्क बस्ने बर्ष ३४का अमर राज खड्का, सल्यानको त्रिबेणी गाउँपालिका–२ कारागिठी बस्ने बर्ष ३६ का गुमान सिंह बुढाथोकी र शारदा नगरपालिका – ११ र भई हाल तुलसीपुर उप–महानगर पालिका –. ५ स्थितमा रातामाटा होटेल संचालन गरी बस्ने बर्ष ३५ का सेतीराम बुढाथोकी रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्