१२औं राष्ट्रपति रनिङ शिल्ड जारी,गोरखा शीर्ष स्थानमा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

१२औं राष्ट्रपति रनिङ शिल्ड जारी,गोरखा शीर्ष स्थानमा

    मा प्रकाशित

लक्ष्मण बस्नेत
दाङ,१८ असार ।

दाङको बेलझुण्डीमा जारी जिल्लास्तरिय–१२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शनिवार दोस्रो दिन गोरखा मावि तुलसीपुर शिर्ष स्थानमा रहेको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान र राष्ट्रपति खेलकुद परिषदको संयोजकत्वमा दाङ जिल्ला खेलकुद बिकास समितिद्वारा संचालित प्रतियोगितामा ५ स्वर्ण, २ रजत र १ कास्य पदकका साथ गोरखा मावि तुलसीपुर शिर्ष स्थान रहेको छ ।

त्यस्तै ग्रेट अरनिको मावि तुलसीपुर ३ स्वर्ण, १ रजत पदकका साथ द्वितिय स्थानमा रहदा ज्ञानज्योती तुलसीपुर २ स्वर्ण १ रजत र २ कास्य पदकका साथ तृतिय स्थानमा रहेको छ भने जनता मावि गढवा २ स्वर्ण,१ रजत र १ कास्य पदकका साथ चौथो स्थानमा रहेको छ ।

छात्रा भलिबलको उपाधी मिडवयष्टलाई

उता छात्रा भलिबलको उपाधी मिडवयस्ट पोईन्ट एकाडेमी पश्चिम खैरेनीले जितेको छ ।
फाईनलमा सिद्धपृथ्वी मावि श्रीगाउलाई २५–२४ र २५–१६ को सोझो सेटमा पराजित गर्दै मिडवयस्टले उपाधी हात पारेको हो ।

प्रतियोगिता अन्तरगत आईतवार छात्र भलिबल, छात्र–छात्रा कबडी, तेक्वान्दो, कराते र एथलेटिक्सतर्फ ४००, ३००० १०० गुणे ४,ट्रीपल जम्प हुनेछ । यसैबिच आईतवार अपरान्ह ४ बजेपछि प्रतियोगिताको समापन समारोह गरिने आयोजक दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख पद्मा चौधरीले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्