संघीय निर्वाचन : काठमाडौँ क्षेत्र नं. ५ बाट रन्जु दर्शनाको स्वतन्त्र उम्मेदवारी रहने – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

संघीय निर्वाचन : काठमाडौँ क्षेत्र नं. ५ बाट रन्जु दर्शनाको स्वतन्त्र उम्मेदवारी रहने

    मा प्रकाशित

असार १९, दाङ ।
काठमाडौँ क्षेत्र नं. ५ बाट रन्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन् । नेतृ दर्शनाले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै काठमाडौँ–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।

‘तपाइंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ, आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरू समक्ष बाँड्न पाउँदा हर्षित छु।’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्रनम्बर ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशशरण महत र विवेकशील नेपाली दलका स्वर्गीय उज्ज्वल थापालगायतका उम्मेदवारले पनि प्रतिस्पर्धा गरेका थिए । जसपा अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि क्षेत्र नं. ५ बाट चुनाव लड्ने तयारीमा छिन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्