गोरखा तुलसीपुरले जित्यो रनिङ सिल्ड – Kanika Khabar
Friday, April 19Nepali News Portal

गोरखा तुलसीपुरले जित्यो रनिङ सिल्ड

    मा प्रकाशित

लक्ष्मण बस्नेत
१९ असार दाङ ।
दाङ जिल्ला स्तरिय १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधी जितेको साबिक बिजेता गोरखा माबी तुलसीपुरले रनिङ शिल्ड कब्जा गरेको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान र रास्ट्रीय खेलकुद परिषदको संयोजकत्वमा दाङ जिल्ला खेलकुद बिकास समिति द्वारा संचालित प्रतियोगितामा ९ स्वर्ण ,२ रजत र ३ कास्य पदकका साथ लगातार तीन वर्ष शिल्ड जितेको गोरखा माबी तुलसिपुरले रनिङ शिल्ड कब्जा गरेको हो। त्यस्तै ग्रेट अरनिको माबी तुलसिपुर ४ स्वर्ण,२ रजत १ कास्य पदकका साथ उपबिजेतामा सिमित रहदा रोजि वर्डस लमही २ स्वर्ण ४ र ३ कास्य पदक हात पार्दै तृतिय भयो भने ज्ञानज्योती २ स्वर्ण,४ रजत २ कास्य पदकका सान्त्वना भयो ।
उता भलिबल छात्रामा मिडवयस्ट प्वाईन्ट एकाडेमी शान्तिनगर प्रथम,सिद्ध पृथ्वी श्रीगाउ द्वितिय र गोरखा माबी तुलसिपुर तृतिय भए । भलिबल छात्रामा मिडवयस्टकि रन्जना थापा उत्कृष्ट भईन । त्यस्तै छात्र भलिबल तर्फ ज्ञानसिन्धु घोराही प्रथम, जनता माबी शान्तिनगर द्वितिय,गोरखा माबी लमही र बुद्ध माबी शान्तिनगर तृतिय भयो । छात्र भलिबलमा ज्ञानसिन्धुका दिनेश बाठामगर उत्कृष्ट भए । त्यस्तै कबडी छात्र तर्फ गुरुजजुर माबी रक्षाचौर प्रथम, माबी पदमपुर द्वितिय, र माबी रझेना तृतिय भए । छात्रमा गुरुजजुरका ईश्वर पुन उत्कृष्ट भए । त्यस्तै कबडी छात्रा तर्फ माबी गङटे प्रथम,गुरुजजुर द्वितिय र अरनिको तुलसिपुर र गोरखा घोराही तृतिय भए । कबडी छात्रामा माबी गङटेकि सृष्टि बिक उत्कृष्ट भईन ।त्यस्तै एथलेटिक्स छात्रमा मा गोरखामा माबिकी करुणा रिजाल र छात्र गोरखाकै चित्र बहादुर बस्नेत उत्कृष्ट खेलाडी घोषित भएको दाङ जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख पद्मा चौधरी ले जानकारी दिनु भएको छ ।
यसैबिच प्रतियोगिताको समापन समारोह जिल्ला समन्वय समिती दाङका उपप्रमुख चेतना चौधरीको अध्यक्षता तथा निवर्तमान रास्ट्रीय सभा सदस्य, नेपाल एथलेटिक्स संघका केन्द्रीय उपाध्यक्ष कोमल ओलिको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका वडा न १७ का अध्यक्ष थल राज पुरिको बिशिस्ट आतिथ्यमा भएको थियो । सो अबसरमा मार्सल आर्ट करातेको बुन्काई प्रदर्शन गरिएको थियो भने बिजेता बिधालय तथा खेलाडिहरु लाई मेडल प्रमाणपत्र, ट्रफी शिल्ड प्रदान गरिएको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्