जसपाले तीन मन्त्री फिर्ता बोलायो, सम्भवतः नयाँ मन्त्रीको सपथ आज – Kanika Khabar
Thursday, March 28Nepali News Portal

जसपाले तीन मन्त्री फिर्ता बोलायो, सम्भवतः नयाँ मन्त्रीको सपथ आज

    मा प्रकाशित

असार २०, दाङ ।
जनता समाजवादी पार्टी (जसापा) नेपालले सरकारमा रहेका आफ्ना तीनजना मन्त्रीलाई फिर्ता बोलाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागीमध्ये तीन जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको जसपाका नेता प्रमोद कुमार गुप्ताले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाउने निर्णय भएको हो ।

गुप्ताका अनुसार अब कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मा मृगेन्द्र सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरण मन्त्रालयमा प्रदीप यादवलाई पठाउने निर्णय भएको छ ।

नयाँ मन्त्रीहरूको शपथ ग्रहण सम्भवतः आजै हुने पनि उहाँले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्