खानेपानीमा ‘पानी बाजे’ हार्न नसकिने नाम – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

खानेपानीमा ‘पानी बाजे’ हार्न नसकिने नाम

    मा प्रकाशित

असार २०, दाङ ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी बढेको छ । आउँदो शनिबार हुन गइरहेको निर्वाचनका लागि दुई पक्षीय उम्मेदवारहरु यतिबेला चुनावी मैदानमा उत्रिएका छन् ।

खानेपानीका ‘पानी बाजे’ अर्थात् देवीबहादुर डिसी (देवी वकिल) को नेतृत्वमा गठबन्धनको प्यानल एकातिर चुनावी मैदानमा छ भने अर्कोतिर नारायण भुसालको नेतृत्वमा संयुक्त प्यानल चुनावी मैदानमा रहेको छ ।

चुनावी सरगर्मीसँगै चुनावी परिणामको आँकलनले यतिबेला बजार तातिरहेको छ । देवीबहादुर डिसी (देवी वकिल) खानेपानीका पर्याय नै मानिन्छन् । अधिकांशले उनलाई ‘पानी बाजे’ भनेर चिन्ने गर्दछन् । अत्यन्त सरल स्वभावका डिसी सबैका प्रिय पात्र मात्र होइनन् हरेक पुस्ताका लागि रुचाइएका पात्र हुन् ।

दाङको घोराहीलाई काकाकुल हुनबाट बचाउन डिसीको योगदान अतुलनीय छ । जतिबेला घोराहीबासीका लागि पानीको समस्या थियो, घोराही काकाकुल थियो त्यतिबेला डिसीको पहलले यस्ता समस्याबाट घोराहीलाई बचायो ।

२०५३ सालमा घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको स्थापना भयो । २०५४ सालदेखि नै डिसी संस्थामा आवद्ध भए । संस्थाको स्थापना कालदेखि नै संस्थामा आवद्ध भएर खानेपानीको समस्यासँग जुध्दै संस्थालाई यहाँसम्म मात्र होइन कि घोराहीवासीलाई पानीको समस्याबाट मुक्त गराउन डिसीले खेलेको भूमिका अतुलनीय छ । २०६० सालदेखि निरन्तर रुपमा नेतृत्वमा रहेर काम गर्दै आएका डिसी उपभोक्ताका माग हुन् । बितेका दिनमा खानेपानीको समस्या, शुद्ध पानीको अभाव, पानीमा आउने फोहोर मैलाबाट दिक्दार भएका उपभोक्ताका लागि डिसी पानी जस्तै निर्मल मन लिएर सङ्घर्षरत मात्र रहेनन् उपभोक्तामा रहेको दिक्दारी निर्मुल पनि पारे । उनले गरेका कामका आधारमा नै उनी उपभोक्ताको प्राथमिकतामा परिरहे ।

‘देवीजीले खानेपानीको नेतृत्व लिइरहँदा या सुरुका दिनमा खानेपानीमा समस्या थियो । पहिलो त घारामा पानीको कमि थियो, समयमा पानी आउँदैनथ्यो, वर्षायाममा भल पानी नै धारामा आउने, वर्षायामको पानी पिउन लायक नै नहुने अवस्थाको हुन्थ्यो । पानीमा फोहोर, भ्यागुता समेत आउने गर्थे, बिस्तारै प्राकृतिक फिल्टर, हुँदै गयो र आज घोराहीको खानेपानीलाई व्यवस्थापन गर्दै यहाँसम्म ल्याई पु¥याउन देवीजीले निकै मेहनत गर्नुभएको छ । ’ नागरिक समाजका पूर्व संयोजक चन्द्रराज पन्तले बताए । ‘देवीजीमा समस्याको सुनुवाइ गर्ने शैली पनि एकदमै लोभ लाग्दो छ । समस्या सुन्यो कि उहाँ आफै पुगिहाल्नुहुन्छ ।’ उनले थपे, ‘उहाँको एउटा संकल्प छ, चौविसै घण्टा पानीको व्यवस्थापन गर्ने । हुनसक्छ यसका लागि अझै स्रोत पर्याप्त नभएर यो कार्यकालमा पूरा भएन । अब बबईको पानी लिफ्टिङको योजनामा काम भइरहेको छ । यो योजना पूरा भएपश्चात धारामा चौबिसै घण्टा पानी उपलब्ध हुनेछ । यसका लागि पनि उहाँ पुनः नेतृत्वको दौडमा हुनुहुन्छ ।’ ‘हुन त लामो समय नेतृत्व गरिसक्नुभएकाले नेतृत्व हस्तान्तरण गरेको भए पनि हुन्थ्यो तर उपभोक्ताका सामु प्रतिज्ञा जनाएको चौबिसै घण्टा पानी उपलब्ध गराउनका लागि उहाँले नेतृत्व खोज्नु भएको हो । जुन स्वभाविकै पनि छ ।’ उनले थपे, ‘ अध्यक्ष पदका प्रत्यासी दुबै जना सामाजिक व्यक्तित्व हुनुहुन्छ । सकभर चुनावमा नगई सहमति गरेको भए अझ राम्रो हुने थियो । एउटा पराजित हुने त निश्चित नै छ । पराजित भइरहँदा पनि सामाजिक उचाइमा आँच नआउने गरी सन्तुलन कायम गर्न विजयी हुने उम्मेदवारले भूमिका निर्वाह गर्नुपर्नेछ ।’

‘पहिला पानीको हाहाकार थियो । धारा हुन्थ्यो पानी आउँदैनथ्यो । पानीमा पनि फोहर मात्र आउने, एकैछिन पानी आउने खानेपानी भर्दाभर्दै धारा सुक्ने समस्या थियो अब त धेरै सुविधा भएको छ । पानी बाजेको गुण त कहिल्यै भुल्न सकिन्न । पानी बाजेको लागि त हार्न सकिदैन । सबैलाई पानी खुवाउनुभएको छ । पानीको समस्याबाट जोगाउनु भएको छ । कसरी हार्न सकिन्छ र उहाँलाई ?’ घोराही १५ निवासी पूर्णिमा खत्रीले बताइन् ।

त्यसो त डिसीले पानी व्यवस्थापनमा पु¥याएको योगदान र प्राप्त उपलब्धीका कारण पनि उनी सबैको रुचिमा पर्ने गर्दछन् । यस पटक पुनः अध्यक्षको ‘रेस’मा रहेका डिसी अधिकांशको प्राथमिकतामा मात्र छैनन् विभिन्न राजनीतिक आस्था भएका व्यक्तिका पनि रोजाइ हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्