गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना पुष्टि – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका संवाददाता
असार ९, कास्की
गण्डकी प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना संक्रमित थपिए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ५ सय ९३ पुगेको छ । सोमबार रातिसम्म गण्डकी प्रदेशमा तनहुँमा १७ जना, स्याङजामा ९ जना, बाग्लुङमा ८ जना गोर्खामा ११ जना, लम्जुङमा ५ जना, पर्बत, नबलपुर र कास्कीमा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु ७ देखी ५७ बर्ष उमेर समुहका रहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा अहिले सम्म ७० जना कोरोनालाई जितेर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्