संगीतकार सन्तोष श्रेष्ठद्वारा पुनः विश्व कीर्तिमान कायम – Kanika Khabar
Friday, March 29Nepali News Portal

संगीतकार सन्तोष श्रेष्ठद्वारा पुनः विश्व कीर्तिमान कायम

    मा प्रकाशित

साउन १४, दाङ ।
सङ्गीतकार सन्तोष श्रेष्ठले पुनः विश्व कीर्तिमान कायम गरेका छन् । उनले थप ५० भाषामा सङ्गीत भरेर अर्को कीर्तिमान बनाउएका हुन् ।

यस अघि अन्तर्राष्ट्रिय १२ भाषामा सङ्गीत भरेर उनले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थिए ।

ुढुकढुकीभित्र तिम्रोु बोलको गीतमा डा. आर. उपाध्यायको शब्दलाई सन्तोष श्रेष्ठले ५० अन्तरराष्ट्रिय भाषामा सङ्गीत भरेका हुन्।

यो गीतको गायनमा सन्तोष श्रेष्ठ, डीआर उपाध्याय र प्रकाश तिमिल्सिना रहेका छन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डले उपलब्ध गराएको प्रमाणपत्रहरू काठमाडौँमा आयोजित एक विशेष समारोहमा नेपाल सरकारको तर्फबाट सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रदान गरेका हुन् ।

गीतमा समेटिएका ५० वटा अन्तर्राष्ट्रिय भाषाहरूः

१) नेपाली, २) हिन्दी, ३) जापानी, ४) चिनिया, ५) अङ्ग्रेजी, ६) रुसी, ७) कोरियाली, ८) फ्रान्सेली, ९) स्पेनी, १०) इटालियन, ११) जर्मन,१२) थाई, १३) मौरिसियन, १४) उर्दु, १५) स्वेडिस, १६) क्रोसियन, १७) हेब्रु, १८) पोर्तुगाली, १९) बंगाली, २०) संस्कृत, २१) स्टोनियन, २२) भियतनामी,२३) डच, २४) सिंहाली, २५) स्लोभेनियन, २६) इन्डोनेसियन, २७) रुमानी, २८) फिनिस, २९) पेरुभियन, ३०) टर्किस, ३१) ग्रिक, ३२) फिलिपिनो, ३३) अल्बानियन, ३४) युक्रेनियन, ३५) अफ्रिकी, ३६) स्लोभाकिया, ३७) सर्बियाली, ३८) पानामियन, ३९) नर्वेजियन, ४०) आइसल्यण्डिक, ४१) बर्मेली, ४२) कोल्म्बीयन, ४३) कुर्डिस, ४४) स्वाहिली, ४५) पोलिस, ४६) बोलिभियन, ४७) हङ्गेरियन, ४८)डेनिस, ४९) लात्भियन र ५०) आर्मेनियन रहेका छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्