साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र भारत खेल्दै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र भारत खेल्दै

    मा प्रकाशित

साउन १५, दाङ ।
साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज तेस्रो खेलमा साविक विजेता भारतसँग खेल्न लागेको छ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतसँग साँझ ७ः१५ मा सुरु हुनेछ ।

 

भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । तर, बलियो भारतविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोल अन्तरले हराएको थियो । नेपाल २ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । आज भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ ।

 

भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । भारत २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ ।५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।नेपालले आफ्नो अन्तिम खेलमा बङ्गलादेशसँग मङ्गलवार प्रतिस्पर्धा गर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्