साफ यू–२० च्याम्पियनसिप फुटबल : नेपालको लज्जास्पद हार – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

साफ यू–२० च्याम्पियनसिप फुटबल : नेपालको लज्जास्पद हार

    मा प्रकाशित

साउन १५, दाङ ।
साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । नेपालले साविक विजेता भारतविरुद्ध ८– ० को अन्तरको हार ब्यहोरेको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज आइतबार भएको खेलमा नेपाल भारतसँग ८० गोल अन्तरले पराजित भएको हो ।

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे ।टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक एक गोल गरे ।

हारे पनि नेपालले प्रतियोगिताको फाइनल प्रवेश गर्ने सम्भावना भने जिवित छ । नेपालले बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरे फाइनलमा स्थान पक्का गर्नेछ । बंगलादेशसँग बराबरी भएको खण्डमा भने भारत माल्दिभ्ससँग पराजित भए नेपाललाई पुग्छ । माल्दिभ्स र भारत बराबर भए नेपालले बंगलादेशलाई १ गोलले हराए पनि पुग्नेछ ।

अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्