बहसमा प्रतिनिधिसधाको कार्यकाल : सरोकारवालाकै मत विभाजन – Kanika Khabar
Friday, March 29Nepali News Portal

बहसमा प्रतिनिधिसधाको कार्यकाल : सरोकारवालाकै मत विभाजन

    मा प्रकाशित

साउन २०, काठमाडौँ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने गरि मिति घोषणा भएसँगै संसदको कार्यकालको समयअवधिको बारेमा बहस सुरु भएको छ । प्रतिनिधिसभा सदस्यको कार्यकाल कहिलेसम्म रहने भन्नेबारेमा सांसद, काुनविद् तथा जानकारहरू समेत एक मत हुन सकिरहेका छैनन् ।

कतिपयले संविधानमा प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुने प्रस्ट उल्लेख गरिएको भन्दै निर्वाचन मिति घोषणा भएपनि संसदले पाँच वर्षे कार्यकाल पूरा नहुन्जेल काम गर्न पाइरहने तर्क गरेका छन् भने कतिपयले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा प्रतिनिधिसभा निस्क्रिय रहने तर्क गरिरहेका छन् । निर्वाचन आयोगले भने प्रतिनिधिसभाको कार्यकाल आगामी मंसिर २१ गतेसम्म रहने प्रस्ट पारेको छ ।

आयोगले अघिल्लो निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचन मितिलाई आधार बनाएर संसदको कार्यकाल गणना गरेको छ । संसदको कार्यकाल कहिलेदेखि सुरु भएको मान्नेभन्ने बारेमा पनि एकमत देखिएको छैन । सांसदहरूले शपथ लिएको दिनलाई कार्यकाल सुरु भएको मान्ने वा दोस्रो चरणको निर्वाचन मितिलाई कार्यकाल सुरु भएको दिनका रुपमा गणना गर्ने भन्नेमा पनि एकमत देखिएको छैन ।

केही विज्ञले भने २०७४ साल मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनलाइ नै गणना मितिको रुपमा लिनुपर्ने बताएका छन् ।

निर्वाचनको मिति घोषणा भएपनि प्रतिनिधिसभा कार्यकालको बिषयमा भने एक मत देखिएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्