फिफा वरियतामा नेपाल एक स्थान तल – Kanika Khabar
Thursday, April 25Nepali News Portal

फिफा वरियतामा नेपाल एक स्थान तल

    मा प्रकाशित

साउन २०, दाङ ।
नेपालको महिला फिफा वरियता खस्किएको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।नयाँ वरीयतामा नेपाल १०२ औं स्थानमा रहेको छ ।

 

अघिल्लो पटकको वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको थियो ।एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ ।यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ ।

 

नेपाल भन्दा अघि रहेको भारत ५८ औं स्थानमा रहेको छ ।विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै जर्मनी दोस्रो स्थानमा रहदा स्विडेन तेस्रो स्थानमा झरेको छ।इंग्ल्यान्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा रहेको छ ।

 

त्यस्तै नेदरल्याण्ड छैठौं, क्यानडा सातौं, स्पेन आठौं, ब्राजिल नवौं र उत्तर कोरिया १० औं स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्