प्याब्सन लमही नगरकाे आयाेजनामा चित्रकला तथा हाजिरीजवाफ सम्पन्न – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्याब्सन लमही नगरकाे आयाेजनामा चित्रकला तथा हाजिरीजवाफ सम्पन्न

    मा प्रकाशित

साउन २०, दाङ ।  प्याब्सन लमही नगरकाे आयाेजनामा आयोजित आधारभुत तह ( कक्षा ६-८) स्तरीय हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएकाे छ ।हिजाे बिहीबार लमहीकाे सनलाइट माविमा सम्पन्न हाजिरीजवाफ कार्यक्रममन प्याब्सन अन्तर्गतका ९ वटा विद्यालयकाे सहभागिता रहेकाे थियाे ।

हाजिरीजवाफ कार्यक्रममा गाेरखा मा बि प्रथम, ज्याेतिष्मती विद्यापीठ दाेस्राे र जइन्द्रसिंह मा बि ले तेस्राे स्थान हासिल गरेका थिए ।

लमही नगर प्याब्सनका अध्यक्ष नारायण भुसालकाे अध्यक्षता तथा प्याब्सन दाङका प्रमुख सल्लाहकार
रेशम बहादुर बुढाकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

प्याब्सन दाङका उपाध्यक्ष राजु यादवकाे विशिष्ट आतिथ्यता तथा लमही नगर प्याब्सनका काेषाध्यक्ष
कान्ता प्रसाद चाैधरीकाे स्वागत मन्तव्यबाट प्रारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण सचिव लाेकमान रिजालले गरेका थिए ।

यसैबीच प्याब्सन लमही नगरले चित्रकला प्रतियाेगिता पनि सम्पन्न गरेकाे छ ।
लमहीस्थित बेबिज क्यासल स्कुलमा सम्पन्न कार्यक्रममा प्याब्सन अन्तर्गतका ९ वटा विद्यालयकाे सहभागिता रहेकाे थियाे ।

चित्रकला प्रतियोगितामा जइन्द्र स्कूलका बिबेक यादव प्रथम, लर्ड बुद्ध स्कूलकी बिनिता भण्डारी द्वितीय, राेजी बड्स स्कूलका नवीन यादव तृतीय तथा बर्नहर्ट स्कूलकी बिभाषा चाैधरी र लर्ड बुद्ध स्कूलका आयुष वलीले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्