ज्योतिपुञ्जका शिक्षकका लागि पुनर्ताजगी तालिम – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

ज्योतिपुञ्जका शिक्षकका लागि पुनर्ताजगी तालिम

    मा प्रकाशित

दाङ,साउन–२१ ।
दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासिय माध्यमीक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिश स्कुल मा अध्यापनरत शिक्षकहरुका लागी पुनर्ताजगी तालिम आज शनिबार सम्पन्न भएको छ ।
शैक्षिक वर्ष २०७९ का लागि आवश्यक वार्षिक,मासिक र दैनिक कार्ययोजना तर्जुमा,वर्षभरिमा अभिभावकहरुबाट प्राप्त सुझावहरु कार्यान्वयनको विधि,शिक्षकहरुको पेशागत विकास,प्रभावकारी कक्षा व्यवस्थापन,अभिभावक शिक्षा तथा सहभागीता,विद्यार्थीहरुमा जीवनोपयोगी सीपहरुको अध्यापन,डिजिटल लर्निङ लगाएतका विषयहरुमा गत बैशाखमा दिइएको तालीमको पुनर्ताजगी गराइएको संस्थाका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो ।
ज्योतिपुञ्ज आवासिय माध्यमीक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीकोे सभापतित्वमा एवं प्रा.लि. का अध्यक्ष हेमराज शर्माको प्रमूख आतिथ्यतामा भएको उद्घाटन समारोहमा ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल रामपुर दाङका प्रिन्सिपल शिव भण्डारी,कोर्डिनेटर मदन घिमिरे,मारिया इन्टरनेशनल मन्टेश्वरी ट्रेनिङ सेन्टर घोराही दाङका संस्थापक प्रशिक्षक दिप्ती राना लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका कोर्डिनेटर तुल्सीप्रसाद शर्माले गर्नुभएको थियो । तालिममा दुईवटा विद्यालयका ७८ जना शिक्षक कर्मचारीहरु सहभागी रहेका थिए ।
विगत पाँच वर्ष अघिदेखि नयाँ व्यवस्थापनका साथ संचालनमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय भरतपुर दाङ र विगत तीन वर्षदेखि नयाँ व्यवस्थापनका साथ संचालनमा आएको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल रामपुर दाङले पठनपाठनका लागि मल्टिमिडियाको प्रयोग,मासिक परीक्षा संचालन,नियमित योग,संस्कार,मेडिटेसन कार्यक्रम सञ्चालन,मासिक अभिभावक शिक्षा र अन्तरकृया संचालन,पि.एच.आर कार्यक्रम संचालन,सबै कक्षाहरुको पठन पाठनलाई सि.सि. टि.भी.बाट निगरानी,विद्यालयको गुणस्तर मापन र वृद्धिका लागि वाह्य परीक्षाहरुको संचालन,विद्यार्थीहरुको समष्टिगत विवरणहरु सहितको डिजिटल पोर्टफोलियोको व्यवस्थापन,नियमित अभिभावक शिक्षा,तोकिएको संख्यामा मात्र कक्षाकोठामा विद्यार्थीहरु राखिने,आकर्षक छात्रवृत्तिका कार्यक्रम, विद्यार्थी संख्यामा भन्दा भर्ना भएका विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा केन्द्रित रहेर कार्यव्रmमहरु संचालन गर्दै आइरहेको विद्यालयका प्रिन्सिपल बुद्धीराज अधिकारीले जानकारी दिनुभएको छ ।
यसैविच विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत आज विहान विद्यालयले एक कार्यक्रमको आयोजना गरी कक्षा चार देखि ६ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुसँग नियमित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्