विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिलाउने प्रयास भइरहेको छ : प्रचण्ड – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिलाउने प्रयास भइरहेको छ : प्रचण्ड

    मा प्रकाशित

साउन २१, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई पनि चुनावमा मतदानको अधिकार दिलाउने प्रयास भइरहेको बताउनुभएको छ । जापानको फुकुओकामा आयोजित नेपाली समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न कानूनमा संशोधनका प्रयास भइरहेको बताउनुभयो ।

 

गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने गरि नागरिकता विधेयक पारित गरेर त्यसको सुरुवात भएको पनि बताउनुभयो । अब आसन्न निर्वाचनपछि गठबन्धनले बहुमतसहित जितेर स्थिर सरकार दिने दावी पनि उहाँले गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्