दाङमा विद्यालयस्तरीय हाप्किडो प्रतियोगिता हुँदै, प्रतियोगितामा ५ हजार खेलाडी सहभागी हुने – Kanika Khabar
Friday, March 29Nepali News Portal

दाङमा विद्यालयस्तरीय हाप्किडो प्रतियोगिता हुँदै, प्रतियोगितामा ५ हजार खेलाडी सहभागी हुने

    मा प्रकाशित

दाङ, २२ साउन ।
दाङमा विद्यालयस्तरीय हाप्किडो प्रतियोगिता हुने भएको छ । प्रतियोगिता भदौको तेश्रो साता हुने भएको आयोजक दाङ मार्शल आर्ट्स हाप्किडो संघले जनाएको छ ।

आयोजनकले आइत्वार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता यहि भदौको १७ गतेदेखि १९ गतेसम्म ३ दिन घोराहीमा हुन थालेको जानकारी दिएको हो । त्रकार सम्मेलन प्रतियोगिता संयोजक एवम् दाङ मार्शल आर्ट्स हाप्किडो संघका अध्यक्ष भुवन बुढामगरको अध्यक्षता तथा दक्षिण एशियाली हाप्किडो महासंघ अध्यक्ष कालीबहादुर घर्तीको प्रमुख आतिथ्यमा भएको थियो ।

त्यस अवसरमा प्रतियोगिता बारे जानकारी जानकारी गराउँदै संयोजक बुढामगरले जिल्ला भरका ५४ विद्यालयबाट पाँच हजार खेलाडी सहभागी हुने बताए । दाङ जिल्ला विदालयस्तरीय हाप्किडो प्रतियोगितामा फाईटतर्फ महिला र पुरुष दुवैमा १२–१२ वटा तौल समुहमा प्रतिष्पर्धा हुने छ । जस अनुसार, १५–२०, २०–२५, २५–३०, ३०–३५, ३५–४०,४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, ६५–७० र ७० भन्दामाथि तौल समूहले स्पर्धा गर्ने उनले बताए ।

प्रतियोगितामा डेमोन्स्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिष्पर्धा हुने संयोजक बुढामगरले बताए । प्रतियोगितामा करिव १० लाखको खर्च अनुमान गरिएको छ । विजेतालाई मेडल प्रमाण पत्रसहित वेस्ट प्लेयर महिला, पुरुष, टिम प्रथम, दोश्रो र तेश्रो तथा अनुशासित खेलाडी एवम् वेस्ट रेफ्रीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रमुख अतिथि घर्तीले नेपालमा छोटो समयमा हाप्किडोको पहुँच बिस्तार हुँदै गएको बताए । स्कुल तहबाट हाप्किडो खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रशिक्षण हुँदै आएको हुँदा देशलाई स्वस्थ्य नागरिक उत्पादनमा टेवा पुग्ने उनले बताए ।

जिल्लास्तरीय, प्रदेशस्तरीय, राष्ट्रियस्तरीय प्रतियोगिता तथा अन्तर्राष्ट्रियस्तरका सेमिनार भईसकेको बताउँदै यसले दक्ष खेलाडी उत्पादन गर्न सघाउ पुगेको विश्वास व्यक्त गरे । जसका कारण नेपालले अन्र्तराष्ट्रिय स्तरमा पनि नेपालको प्रतिनिधित्व गर्दै खेलाडीहरुले थुप्रै स्वर्ण पदक सहित विभिन्न पदक जित्न सफल भएको बताए ।

विद्यालयस्तरबाटै अभियान चलाईएका होप्किडोमा दाङसहित देशभर ९ सय ३३ जना प्रशिक्षकले प्रत्यक्ष रोजगारी पाएको उनको भनाइ रहेको थियो । केन्द्रीय संघ अन्तर्गत सात वटै प्रदेशमा हाप्किडो समिति र ६० जिल्लामा हाप्किडो समिति गठन गर्दै दूरदराजका बालबालिकालाई पनि यसमा जोड्न निशुल्क रुपमा प्रशिक्षण हुँदै आएको बताएका थिए । आसन्न जिल्लास्तरीय प्रतियोगिताले पनि प्रतिभावान खेलाडी पहिचानसँगै उत्पादनमा भुमिका खेल्ने उनको विश्वास छ । पत्रकार सम्मेलनको सहजीकरण प्रशिक्षक खलजीत बुढामगरले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्