३ कोरोड लागतको अक्सिजन प्यालन्ट क्यानेडिन रेडक्रसद्वारा राप्ती प्रादेशिक अस्पताललाई हस्तान्तरण – Kanika Khabar
Thursday, April 25Nepali News Portal

३ कोरोड लागतको अक्सिजन प्यालन्ट क्यानेडिन रेडक्रसद्वारा राप्ती प्रादेशिक अस्पताललाई हस्तान्तरण

    मा प्रकाशित

सुशील बस्नेत
साउन २२, दाङ ।
प्रतिमिनेट ६ सय लिटर अक्सिजन उत्पादन क्षमताको अक्सिजन प्लान्ट राप्ती प्रादेशिक अस्पतालले प्राप्त गरेको छ ।
क्यानेडिन रेडक्रसले राप्ती प्रादेशिक अस्पताललाई ३ करोड लगानीमा उक्त अक्सिजन प्लान्ट आईतबार तुलसीपुरमा हस्तान्तरण गरेको हो ।
२ घण्टामा ८ वटा सिलिन्डर भर्न सक्ने क्षमताको प्लान्टले राप्ती प्रादेशिक अस्पताललाई आबश्यक पर्ने अक्सीजनआपुर्ति गर्ने छ भने बाँकी अक्सिजनलाई माग भएअनुसार बिक्री गर्न सक्ने राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डियन डाक्टर बिनोद सिंहले जानकारी दिनुभयो ।

राप्ती प्रादेशिक अस्पतालमा दैनिक ३० देखि ४० वटा सम्म अक्सिजन सिलेण्डर आवश्यक पर्ने, डाक्टर सिंहको भनाई छ । तर कोरोना भाईरस वा अन्य माहामारीको समयमा भने कति आबश्यक पर्ने हो भन्ने यकिन गर्न नसकिने बताउनुभयो । कार्यक्रममा क्यानेडियन रेडक्रसका प्रतिनिधि लक्ष्मण क्षेत्रीले भक्तपुर र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा यस प्रकारको अक्सिजन प्लान्ट उपलब्ध गराएको जानकारी दिनुभयो ।

यी जिल्ला बाहेकअन्य स्थानमा उपलब्ध गराईएको छैन्,क्षेत्रीले भन्नुभयो । ब्यापक रुपमा फैलिएको कोरोना भाईरस संक्रमणका बखत आबश्यक पर्ने अक्सिजन उत्पादन गर्ने उदेश्यले प्लान्ट उपलब्ध गराईएको भएपनि झण्डै १ बर्ष पछि हस्तान्तरण गरिएको बताउनुभयो ।
राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पद्म प्रसाद न्यौपानेले ५० बेडको अस्पताल गत २ वर्षदेखि कागजी रुपमा २ सय बेडमा स्तरोन्ति भएको बताउनुभयो । त्यस कारणले पनि बिज्ञ जनशक्ति र प्राबिधिक सामग्रीको आवश्यक्ता रहेको उहाँले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटी दाङका अध्यक्षनारायण आचार्यले क्यानडीयन नागरिकले संकलन गरेको आर्थिक सहयोगले क्यानडीयन रेडक्रस मार्फत अक्सीजन प्लान्ट नेपाल रेडक्रस सोसाईटीको प्रयासमा राप्ती प्रादेशिक अस्पतालमा उपलब्ध गराउन पाउदा खुशी लागेको बताउनुभयो ।कार्यक्रममा क्यानेडियन रेडक्रसका ईन्जीनियर गोबिन्द उपाध्याय र मानव अधिकार तथाशान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

क्यानेडियन रेडक्रसको तर्फबाट लक्ष्मण क्षेत्री,नेपाल रेडक्रस दाङ शाखाका सभापतिनारायण आचार्यले उक्त अस्सीजन प्लान्टको कागजात र राप्तीप्रादेशिक अस्पतालको तर्फबाट अस्पताल बिकास समितिकाअध्यक्ष पद्मप्रसाद न्यौपाने र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डीयन डाक्टर बिनोद सिंहलाई हस्तान्तरण गर्नभएको थियो । हस्तान्तरण कार्यक्रमको सहजिकरण रेडक्रसका कार्यक्रम अधिकृत बिश्राम अधिकारीले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्