सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै

    मा प्रकाशित

साउन २३, काठमाडौँ ।
सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ । आगामी मङ्सिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको हो ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तयारी गरिएको कार्यदलका सदस्य एकीकृत समाजवादीका महासचिव वेदुराम भुषासलले सीआईएनसँग बताउनुभयो । उहाँले आज पहिलो बैठक भएकाले आगामी निर्वाचनमा कसरी जाने लगायतको विषयमा छलफल हुने पनि बताउनुभयो ।

साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाली काँग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्