काङ्ग्रेसले चुनावी अभियान : केन्द्रीय नेता जिल्लामा खटाइने – Kanika Khabar
Friday, March 29Nepali News Portal

काङ्ग्रेसले चुनावी अभियान : केन्द्रीय नेता जिल्लामा खटाइने

    मा प्रकाशित

साउन २३, दाङ ।
नेपाली काङ्ग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाबलाई लक्षित गर्दै चुनावी अभियान सञ्चालन गर्ने भएको छ । जसका लागि पार्टीले केन्द्रीय सदस्यहरूलाई ७७ जिल्लामै खटाउने भएको हो ।

आज बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केन्द्रीय नेतालाई चुनावी अभियानमा खटाउने निर्णय गरको हो ।

बैठकले आगामी भदौ २ देखि २४ गतेसम्म चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारीका लागि काङ्ग्रेसले केन्द्रीय प्रतिनिधि पठाएर चुनावी तयारी गर्न लागेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्