राष्ट्रियसभाको बैठकमा तीन प्रतिवेदन पेश – Kanika Khabar
Thursday, March 28Nepali News Portal

राष्ट्रियसभाको बैठकमा तीन प्रतिवेदन पेश

    मा प्रकाशित

साउन २३, काठमाडौँ ।
राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश भएका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गर्नुभएको हो ।

बैठकमा पेश भएका प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७ / ७८, राष्ट्रिय महिला आयोगको चौधौं वार्षिक प्रतिवेदन, २०७७÷७८ र महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गरिएको हो । बैठकले कारागार विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको सन्देशसहित प्राप्त उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले उक्त समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त प्रमाणीकरण विधेयक पढेर सुनाउनुभयो । ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ यही साउन १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठकसाउन २५ गते१ बजे बस्ने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्