राष्ट्रिय एकता पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विच पार्टी एकता – Kanika Khabar
Friday, April 19Nepali News Portal

राष्ट्रिय एकता पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विच पार्टी एकता

    मा प्रकाशित

साउन २३, काठमाडौँ ।
आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकिएसँगै दलहरु विच एकिकरण सूरू भएको छ ।

प्रेमदिप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा विच पार्टी एकता भएको हो । आज दुई पार्टीका अध्यक्षले पार्टी एकतासम्बन्धी पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् ।

सहमति अनुसार राष्ट्रिय एकता पार्टीका अध्यक्ष थाम्सुहाङलाई लोसपाको कार्यकारिणी सदस्य र प्रदेश–१ को इन्चार्जको जिम्मेवारी दिइने छ ।

जिल्ला, प्रदेश र केन्द्रसम्म समायोजन गर्ने तथा आउने प्रदेश र प्रतिनिधिसभा चुनावमा राष्ट्रिय एकता पार्टीका नेता कार्यकर्तालाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारीमा समुचित स्थान दिइने पनि सहमतिमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्