भदौ ३ : कृष्ण लीला – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

भदौ ३ : कृष्ण लीला

    मा प्रकाशित

May be an image of 4 people and textसाउन २४, दाङ ।
पद्धिल्लो समयमा नेपाली चलचित्रका क्षेत्रमा ‘बोल्ड’ निर्देशकका रुपमा स्थापित हुँदै आएका दिपक वली भदौ ३ गते कृष्ण लिला लिएर आउने भएका छन् । नेपाली सिनेमाका प्रेमीहरुका लागि बहु प्रतिक्षित चलचित्र कृष्ण लीला आउँदो कृष्ण जन्माष्टमीमा प्रदर्शन हुने तय भएको हो ।

चलचित्र निर्माण टिमले भदौ ३ गते कृष्णा जन्माष्टमीको दिन चलचित्र प्रदर्शन गर्ने तयारी गरेको बताएको छ ।

चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

लभ स्टोरीलाई विषयवस्तुको ‘जग’ बनाई निर्मित चलचित्र कृष्ण लीलामा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व रहेको छ ।

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यस चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्मातामा छन् ।
निर्देशक दिपक वलीको यो चौथो फिल्म हो । चलचित्र ‘रोल्पा रोग’ बाट ठूलो पर्दामा निर्देशन ‘डेब्यु’ गरेका निर्देशक वलीले यस अघि कुम्भकर्ण र पण्डित बाजेको लौरीजस्ता सफल चलचित्र निर्माण गरिसकेका छन् । पछिल्लो चरणमा निर्माताका रोजाइमा पर्दै आएका निर्देशक वलीको ‘कृष्ण लीला’ नेपाली चलत्रिच क्षेत्रमा एउटा हेर्नै पर्ने चलचित्र निर्माण भएको चलचित्र निर्माण टिमले बताएको छ ।

त्यतिकै कर्णप्रिय गीहरुले सजिएको चलचित्र कृष्ण लीलाका गीतहरुले यतिबेला नेपाली संगीतको बजार तताइरहेका छन् ।

हेर्नुहोस् कृष्ण लीलाको ट्रेलर

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्