एसइइ परीक्षाको मूल्याङ्कन कार्यविधि तयार, असार २० गतेसम्म विद्यालयले अन्तिम मूल्याङ्कन पेस गर्नुपर्ने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

एसइइ परीक्षाको मूल्याङ्कन कार्यविधि तयार, असार २० गतेसम्म विद्यालयले अन्तिम मूल्याङ्कन पेस गर्नुपर्ने

    मा प्रकाशित

कनिका खबर
असार ९, कास्की ।
केही साताअघि यसपालिको एसइइ परीक्षा नलिने भनी सरकारले निर्णय गरेपछि अब मूल्याङ्कन कसरी गरिन्छ भनेर सर्वत्र चासोको विषय बनेको छ । यसैबिच आज राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ ।
कोरोना महामारीका कारण स्थगित गत वर्षको एसईई परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो ।
विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख छ । यसरी मूल्याङ्कन गर्दा संवत् २०७६ को कूल पूर्णाङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्नेछ ।

कार्यविधिमा स्थानीय तहको सहजीकरणमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयका त्यस्ता मूल्याङकन विवरणलाई सङ्कलन गरी सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयलाई पठाउन भनिएको छ ।

कार्यविधिअनुसार सबै विद्यालयले यही असार २० गतेसम्म विद्यार्थीको अन्तिम मूल्यांकन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र एकाइले यही ३० गतेभित्र सबै अंक बोर्डमा पठाउने तयारी गरेको छ ।

विद्यालयको मूल्यांकन समिति र एकाइले पठाएको नम्बर प्रविष्ट गरी सो नम्बरलाई अक्षराङ्क पद्धतिमा समाविष्ट गरी परीक्षाफल प्रकाशित गर्ने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्