बझाङमा एकै घरका तीन जना मृत फेला – Kanika Khabar
Friday, March 29Nepali News Portal

बझाङमा एकै घरका तीन जना मृत फेला

    मा प्रकाशित

साउन २५, बझाङ ।   बझाङमा एकै घरका तीज जना मृत फेला परेका छन् । जिल्लाकाे बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । मृत तीनै जना आमा, छोरा र छोरी भएकाे प्रहरीले जनाएकाे छ ।

रारु भन्ने ठाँउकी २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा भुपेन्द्र पार्की झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन । गए राति उनका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका थिए । घटनाकाे विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्