राष्ट्रिय लाेक नृत्य छनाैट चरण सम्पन्न – Kanika Khabar
Thursday, April 25Nepali News Portal

राष्ट्रिय लाेक नृत्य छनाैट चरण सम्पन्न

    मा प्रकाशित

साउन २६, दाङ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन) काे आयाेजनामा हुन थालेकाे राष्ट्रिय लाेक नृत्य प्रतियोगिताका लागि घाेराही नगर प्याब्सनले छनाैट प्रतियाेगिता सम्पन्न गरेकाे छ ।

आज बिहीबार दाङकाे घाेराहीमा आयाेजित एक कार्यक्रमका बिच लाेक नृत्य छनाैट कार्यक्रम सम्पन्न गरेकाे हाे ।

छनाैट चरणमा गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थी प्रथम, लिटिल एञ्जल स्कुलका विद्यार्थी द्वितीय र जनज्योति विद्या मन्दिरका विद्यार्थी तृतीय भएका थिए ।

प्रतियोगितामा १६ वटा विद्यालय सहभागी रहेका थिए ।

कार्यक्रममा स्पेसल जुरी डा. गाेविन्द आचार्य, प्याब्सन दाङका वरिष्ठ सल्लाहकार केशव थापा, प्याब्सन दाङका निवर्तमान उपाध्यक्ष निर्मल न्याैपाने लगायतले मन्तव्य राखेका थिए ।

प्रस्तुत नृत्यकाे निर्णायक मण्डलमा स्पेसल जुरी डा.गाेविन्द आचार्य, राजेन्द्रकुमार श्रेष्ठ, धिरज देव र चाहाना झाँक्री रहेका थिए ।

कार्यक्रम नगर प्याब्सनका अध्यक्ष बिरेन्द्र चन्दकाे अध्यक्षता तथा घाेराही उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाेद गाैतमकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्